FAQs Complain Problems

रतुवामाई नगर क्षेत्रमा थप भाद्र १७ गते सम्म लकडाउन गर्ने सम्वन्धि सुचना ।

रतुवामाईमा भदौ १७ सम्म लकडाउन , सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न नगर प्रमुखको निर्देशन ............................................................................................

रतुवामाई नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका सन्दर्भमा आज बसेको बैठकले लकडाउनलाई थप ७ दिन सम्म लम्ब्याउदै भदौ १७ सम्म लकडाउन गर्ने नर्णय गरेको छ ।

बैठकमा औषधि पसल र कृषि मलखाध वितरण बाहेकका अति आवश्यक वस्तुहरु, खाध्यान, तरकारी, फलफूल र दुधको किन वेच, बैंक तथा वित्तीय संस्थाहरु विहान ६ बजे देखि १२ बजे सम्म मात्र संचालन गर्नपाउने निर्णय गरिएको छ ।

बैठकमा सिमा क्षेत्रबाट हुने अवैध गतिविधि पूर्ण रुपमा रोक्न साथै कृषि मल खादको वहानामा तस्करी हुनेगरेको व्यापक जान गुनासो आउन थालेकोमा सिमा क्षेत्रमा सुरक्षा अवस्था थप कडा पार्न र लाकडाउनको कार्यन्वयन र यसबेला मौका छोपी हुने अवैध कारोबार र गतिविधिको रोकथाम तथा नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुख हरुलाई नगर प्रमुखले निर्देशन दिनु भएको छ । https://www.facebook.com/permalink.php?story_fbid=789259235234279&id=100024506299532

आर्थिक वर्ष: