FAQs Complain Problems

भल्खुवा पर्यटक स्थल, रतुवामाई-१

Read More

रतुवामाई नगरपालिकाको संक्षिप्त परिचय :

एतिहासिक पृष्टभूमि:

              मोरंगको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वी भागमा पर्दछ । यो नगरपालिकाको सबै भूभाग सम्म परेको तराईको क्षेत्रमा अवस्थित छ । मोरंगको सिजुवा, वरडंगा (१,४,५,७), गोविन्दपुर(१,३,४,७), झुर्किया, महादेवा र इटहरा लगायतका क्षेत्रलाई मिलाएर यो नगरपालिका स्थापना गरिएको हो । यस भेगमा अघि धेरै पहिलादेखि मानिसहरुको बसोबास भएको देखिन्छ । अघि मोरंग भेगमा झाडीका रुपमा रहँदा पनि यस भेगका खोला किनाराहरुमा स्थानीय आदिवासीहरुको बसोबास थियो ।  यस नगरपालिका भित्रका विभिन्न भागमा अहिले पनि त्यस्तो पुरानो बसोबासको केन्द्रका अवशेषहरु पाउन  सकिन्छ । रतुवा र बक्राहा खोलाको बीच तथा मोरंगको दक्षिणपूर्वी भागमा यो नगरपालिका अवस्थित छ ।

                 अघि रतुवामाई क्षेत्र विभिन्न रजौटाहरुको अधीनमा थियो । अघि  कुनै  बेला यो स्थान प्राग्ज्योतिषपुरमा पर्दथ्यो भने पछि  गएर यो भेग मत्स्यदेश भित्र पर्न पुग्यो । त्यस बेला रतुवामाई क्षेत्र विराटराजाको अधिनमा थियो । यसैगरी यो प्रदेश इसापूर्व कालमा नै पुण्ड्वर्धनको महत्वपूर्ण क्षेत्रका रुपमा रह्यो भने मध्यकालतामा यस भेगमा मुरेहांगको अस्तित्व रह्यो । त्यसपछि धनपाल, सुन्वर्षी महाराज र अन्य रजौटाहरुको अधिनमा पर्दै रतुवामाई क्षेत्र पाल्पाली सेनहरुको अधिनमा  पर्न पुग्यो । पाल्पाली सेनहरुले विजयपुर लगायतका क्षेत्र एकीकरण गर्दा यो भेग तिनको अधीनमा परेको हो । नेपाल एकीकरणको अभियान पछि भने सम्पूर्ण विजयपुर बृहत्तर नेपालमा गाभियो र यो भेग पनि स्वतहनै बृहत्तर नेपालमा पर्न पुग्यो । त्यसपछि यो भेग केहि समयका लागि सांगुरिगढ़ीबाट प्रशासित भयो । कालान्तरमा यस नगरपालिका क्षेत्रको प्रशासन मोरंग गोश्वाराबाट गर्न लागियो । यसको केन्द्र रंगेली थियो । वि.सं १८७२ सालमा यस भेगको सदरमुकाम साँगुरीगढीबाट रंगेलीमा सारिएको हो। त्यसपछि पनि रतुवामाई नगरपालिका क्षेत्र निरन्तररुपमा मोरंगको सिमाभित्र पर्यो । पछि जिल्ला विभाजनका क्रममा रतुवा खोलालाई सिमाना बनाएर यो क्षेत्र  मोरंग भित्र परेको हो।  

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत
सूचना प्रविधि अधिकृत
स्वास्थ्य संयोजक

सेवाहरु

सेवा प्रकारः- पंजिकरण तथा व्यक्तिगत घटना दर्ता सम्वन्धि प्रमाणित सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदा ३५ दिन सम्म नि:शुल्क,३५ दिनपछि रु २०० र सर्जमिन सिफारीस गरे वापत रु. ५०० ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात

३.जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने

४.जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि

५.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- पंजिकरण तथा व्यक्तिगत घटना दर्ता सम्वन्धि प्रमाणित सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदा ३५ दिन सम्म नि:शुल्क,३५ दिनपछि रु २०० र सर्जमिन सिफारीस गरेवापत रु. ५०० ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता

३.मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६.सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- बहाल कर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १० %
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.बहाल सम्झौता

३.नगरपालिकामा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

४.नागरिकताको प्रमाणित प्रतिलिपि

५.चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- चारकिल्ला प्रमाणित तथा सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- न्यूनतम रु. ३०० अधिकतम ५०० प्रति कट्ठा थप रु. ३०
आवश्यक कागजातहरुः-

१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३.जग्गा रहेको क्षेत्रमा प्रमाणित प्रतिलिपि नापी नक्सा

४.चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५. निवेदक स्वयम् वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिप

सेवा प्रकारः- सम्पति कर
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि घर प्रतिवर्गफुट रु ०.७०, भुईतल्ला दिवाल पक्कि र माथि टिनको छाना भएको रु ३०० वार्षिक एकमुष्ठ,टाडे घर भएको रु. १०० वार्षिक एकमुष्ठ र फुस्के घर भएको रु. ५० वार्षिक एकमुष्ठ
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिकता प्रतिलिपि

३.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

४. पहिलाको आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा नामसारी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

      १. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

      २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

      ३. मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

      ४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

      ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

      ६. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- पंजिकरण तथा व्यक्तिगत घटना दर्ता सम्वन्धि प्रमाणित सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदा ३५ दिन सम्म नि:शुल्क,३५ दिनपछि रु २०० र सर्जमिन सिफारीस गरेवापत रु. ५०० ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.बाबुवा वा आमाको नागरिकताको प्रतिलिपि,

३. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए, सो संस्थाबाट जारी जन्म प्रतिवेदन,

४. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,

५. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिकोजन्म प्रमाणित गरेको कागजात,

६. विदेशी भएमा वाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्वन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,

७. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण,

८. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्वन्धिमा प्रहरीको पत्र ।

अन्य