FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

३.विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि

४.चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)

५.विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)

६.बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि

७.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति

८.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

९.कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

१०.प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि