FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सेवा लिदा ३५ दिन सम्म नि:शुल्क,३५ दिनपछि रु २०० र सर्जमिन सिफारीस गरेवापत रु. ५०० ।
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र

२.बाबुवा वा आमाको नागरिकताको प्रतिलिपि,

३. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए, सो संस्थाबाट जारी जन्म प्रतिवेदन,

४. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,

५. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिकोजन्म प्रमाणित गरेको कागजात,

६. विदेशी भएमा वाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्वन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,

७. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण,

८. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्वन्धिमा प्रहरीको पत्र ।