FAQs Complain Problems

रतुवामाई नगरपालिकाको संक्षिप्त परिचय :

एतिहासिक पृष्टभूमि:

              मोरंगको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वी भागमा पर्दछ । यो नगरपालिकाको सबै भूभाग सम्म परेको तराईको क्षेत्रमा अवस्थित छ । मोरंगको सिजुवा, वरडंगा (१,४,५,७), गोविन्दपुर(१,३,४,७), झुर्किया, महादेवा र इटहरा लगायतका क्षेत्रलाई मिलाएर यो नगरपालिका स्थापना गरिएको हो । यस भेगमा अघि धेरै पहिलादेखि मानिसहरुको बसोबास भएको देखिन्छ । अघि मोरंग भेगमा झाडीका रुपमा रहँदा पनि यस भेगका खोला किनाराहरुमा स्थानीय आदिवासीहरुको बसोबास थियो ।  यस नगरपालिका भित्रका विभिन्न भागमा अहिले पनि त्यस्तो पुरानो बसोबासको केन्द्रका अवशेषहरु पाउन  सकिन्छ । रतुवा र बक्राहा खोलाको बीच तथा मोरंगको दक्षिणपूर्वी भागमा यो नगरपालिका अवस्थित छ ।

                 अघि रतुवामाई क्षेत्र विभिन्न रजौटाहरुको अधीनमा थियो । अघि  कुनै  बेला यो स्थान प्राग्ज्योतिषपुरमा पर्दथ्यो भने पछि  गएर यो भेग मत्स्यदेश भित्र पर्न पुग्यो । त्यस बेला रतुवामाई क्षेत्र विराटराजाको अधिनमा थियो । यसैगरी यो प्रदेश इसापूर्व कालमा नै पुण्ड्वर्धनको महत्वपूर्ण क्षेत्रका रुपमा रह्यो भने मध्यकालतामा यस भेगमा मुरेहांगको अस्तित्व रह्यो । त्यसपछि धनपाल, सुन्वर्षी महाराज र अन्य रजौटाहरुको अधिनमा पर्दै रतुवामाई क्षेत्र पाल्पाली सेनहरुको अधिनमा  पर्न पुग्यो । पाल्पाली सेनहरुले विजयपुर लगायतका क्षेत्र एकीकरण गर्दा यो भेग तिनको अधीनमा परेको हो । नेपाल एकीकरणको अभियान पछि भने सम्पूर्ण विजयपुर बृहत्तर नेपालमा गाभियो र यो भेग पनि स्वतहनै बृहत्तर नेपालमा पर्न पुग्यो । त्यसपछि यो भेग केहि समयका लागि सांगुरिगढ़ीबाट प्रशासित भयो । कालान्तरमा यस नगरपालिका क्षेत्रको प्रशासन मोरंग गोश्वाराबाट गर्न लागियो । यसको केन्द्र रंगेली थियो । वि.सं १८७२ सालमा यस भेगको सदरमुकाम साँगुरीगढीबाट रंगेलीमा सारिएको हो। त्यसपछि पनि रतुवामाई नगरपालिका क्षेत्र निरन्तररुपमा मोरंगको सिमाभित्र पर्यो । पछि जिल्ला विभाजनका क्रममा रतुवा खोलालाई सिमाना बनाएर यो क्षेत्र  मोरंग भित्र परेको हो।  

नामकरण:

             रतुवामाई नगरपालिकाको नामकरण यस नगरपालिकाको पूर्वतिर पर्ने रतुवा खोलाका नामका अाधारमा रहेको हो । मोरंगको सिमानाका रुपमा रतुवा खोलालाई अघि रत्नमातृका भनिन्थ्यो । पछि यसैको अपभ्रंश भई रतुवा भन्न लागिएको हो । तसर्थ यस नगरपालिकाको नाम पनि रतुवामाई रहन गएको हो । यहाँ रत्नलाई रतुवा र भनियो भने माईलाई भने आमाका रुपमा यथावत राखेर रतुवामाई बनाइएकोहो । रत्नमातृका नदी एतिहासिक कालमा निकै प्रख्यात थियो, किनकि यसको किनारी भागमा  थुप्रै वस्तिहरु थिए । बुद्ध, अशोक र व्होनसंग नामक यात्रीहरुले यस क्षेत्र अतिनै महत्वपूर्ण छ। यस नगरपालिकाको पश्चिमतिर भने बक्राहा समावेश गरिएका छन् भने वरडंगा र गोविन्दपुरका केहि वडाहरु पनि यसमा समाविष्ट छन् ।

           नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका इटहरामहादेवाझुर्कियागोविन्दपुर को (१,३,४,७) वडाहरू, वरडंगा को (१,४,५,७) वडाहरू र सिजुवा गाउँ विकास समितिहरूलाई समेटेर २०७३ साल फाल्गुन २७ गते बनेको रतुवामाई नगरपालिका १० वडामा विभाजन गरिएको छ ।वि.सं. २०७८ सालको जनगणना अनुसार यस नगरपालिकाको कूल जनसंख्या ६१,१३९ रहेको छ, जसमा महिला ३२१५९ जना र पुरुष २८९८० जना छन्। यसको क्षेत्रफल १४२.१५ वर्गकिलोमिटर रहेको छ र जम्मा घर दुरी १४५०८ रहेको छ। यस नगरपालिकाको कार्यालय केन्द्र सिजुवामा राखिएको छ ।

सिमाना :

रतुवामाई नगरपालिका मोरंगको दक्षिणपूर्वी  सिमानामा पर्दछ । यस नगरपालिकाको  सिमाना दक्षिणतिर भारतको बिहार प्रान्त, पूर्वमा रतुवाखोला , पश्चिममा सुन्वार्षी र पथरी शनिश्चरे नगरपालिका तथा उत्तरमा उर्लाबारी नगरपालिका पर्दछन् यसको पूर्वतिर भने रतुवा खोलाले झापा जिल्लाबाट छुट्याएको छ । यस नगरपालिकाको सम्पूर्ण भूभाग सम्म तराई भागमा पर्दछ । यसको भू-उपयोगको अवस्थामा अधिकांश भूभाग खेती योग्य समतल जमिनले ढाकेको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.